उम्मेदवारहरू चुनाबी प्रचारमा जुटे – Kanika Khabar
Sunday, July 20Nepali News Portal

उम्मेदवारहरू चुनाबी प्रचारमा जुटे

    मा प्रकाशित

असोज २५, दाङ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेद्वारी दिएका उम्मेद्वारहरू चुनाबी प्रचारमा लागेका छन् । दलबाट तथा स्वतन्त्र रुपमा उठेका उम्मेद्वारहरू पनि आ आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत भएर चुनाबी प्रचारमा सक्रिय हुन थालेका छन् ।

स्वतन्त्र उम्मेद्वारहरूले भोलि मात्रै निर्वाचन चिन्ह प्राप्त गर्ने भएपनि मनोनयन दर्ता गरेलगत्तै बाट प्रचारमा जुटेका हुन् । दलीय तवरले प्रतिस्पर्धामा रहेका नेताहरू आफ्नो क्षेत्रमा सभा सम्मेलन गर्ने, कार्यकर्ता भेटघाट गर्ने तथा आगामी रणनिति बनाउनमा व्यस्त रहेका छन् ।

कतिपय उम्मेद्वारले भने फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा आफ्नो प्रचार सुरु गरिसकेका छन् । निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार आज उम्मेद्वारको नामावली प्रकाशन हुँदै छ ।

भोलि उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिन सक्नेछन् भने भोली नै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने छ । यस्तै भोली नै ४ देखि ५ बजे सम्म उम्मेद्वारलाइ निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका निर्वाचन आयोगको रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्