काठमाडौं–१० मा गठबन्धन तोडियो – Kanika Khabar
Sunday, May 5Nepali News Portal

काठमाडौं–१० मा गठबन्धन तोडियो

    मा प्रकाशित

असोज १०, काठमाडौँ ।
काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली काँग्रेसको भागमा परेको छ । त्यस अनुसार काँग्रेसका नेता राजन केसीले उम्मेदवारी दिनुभएको छ । तर माओवादी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिनुभएको छ ।

गठबन्धनको दलबीचमा सहमति नभएपछि अब स्वच्छ तरिकाले एक्ला एक्लै लड्ने गरि सहमति भएको नेताहरूले बताएका छन् ।

अघिल्लो चुनावमा काठमाडौं–१० मा बाम गठबन्धनलाई पराजित गर्दै नेपाली काँग्रेसका केसी निर्वाचित हुनुभएको थियो । यस्तै अन्य कतिपय स्थानमा पनि गठबन्धनबीचको तालमेल बिग्रिएको छ । त्यस्तो स्थानमा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने उनीहरूले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्