मनाङ ‘ख’ मा दिपक मनाङे निर्विरोध निर्वाचित – Kanika Khabar
Sunday, May 5Nepali News Portal

मनाङ ‘ख’ मा दिपक मनाङे निर्विरोध निर्वाचित

    मा प्रकाशित

असोज २६, दाङ ।
दिपक मनाङे उर्फ राजीव गुरुङ मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभामा मनाङेसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।

सत्तारूढ ५ दलीय गठबन्धन र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवार नउठाएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन्।

मनाङेले सुरुमा गठबन्धनबाट उम्मेदवार हुने बताएका थिए । कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । उम्मेदवारी मनोनयन दर्ता गर्नुपूर्व आफूले गठबन्धन छाडिसकेको बताएका थिए । मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन ।

स्वतन्त्र उम्मेदवार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । दोर्जेले उम्मेदवारी फिर्ताका लागि बुधबार १० बजे निवेदन दिएका छन् । निर्णय केही समयपछि हुँदैछ ।’

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्