अस्ताए दाङका शैक्षिक धरोहर आचार्य – Kanika Khabar
Friday, April 26Nepali News Portal

अस्ताए दाङका शैक्षिक धरोहर आचार्य

    मा प्रकाशित

कार्तिक २, दाङ ।
दाङका शैक्षिक धरोहर भिमकान्त आचार्य ‘सी’ को निधन भएको छ । शिक्षा क्षेत्रका उदाहरणीय व्यक्तित्व, साहित्कार एवं गीतकार आचार्यको आज बुधवार निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।

घोराही उपमहानगरपालिका वडा न.१२ बेलभार निवासी भिमकान्त आचार्य सी को ८० वर्षको उमेरमा नेपाल क्यान्सर अस्पताल हरिसिद्धि काठमाडौँमा उपचारको क्रममा आज अपराह्न ४ः४० बजे निधन भएको परिवारले जानकारी दिएको छ । आचार्यको अन्तिम दाहासंस्कार पशुपति आर्यघाटमा बुधवार बेलुका गरिएको छ ।

आचार्य लामो समय श्री सिद्ध रत्न नाथ मावि नारायणपुरका पूर्व प्रधानाध्यपक, रेडियो ईन्द्रेणीको संस्थापक लगायत विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्