दाङमा ६ वटा संस्थाले संयुक्त रूपमा मनाए ११४ औँ लक्ष्मी जयन्ती – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा ६ वटा संस्थाले संयुक्त रूपमा मनाए ११४ औँ लक्ष्मी जयन्ती

    मा प्रकाशित

कार्तिक ७, दाङ।

नेपाली भाषा र साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे ११४ औँ  जन्म जयन्तीको अवसरमा आज दाङ घोराहीमा साहित्यिक कार्यक्रमको आयोजनागरी महाकवि देवकोटाकाे सम्झना गरिएकाे छ ।

राप्ती साहित्य परिषद् केन्द्र, सर्वाेदय पुस्तकालय तथा वाचनालय दाङ, लेखक सङ्घ दाङ, प्रलेस नेपाल दाङ शाखा, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङ र विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखाको संयुक्त आयोजनामा सन्चालित कार्यक्रममा महाकवि देवकोटाकाे व्यक्तित्व र कृतित्व सन्दर्भमा विषय प्रवेश लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्याैपानेले गराउनु भएको थियो भने ‘महाकवि देवकोटाका सिर्जनामा लय चेतना’ विषयमा साहित्यकार एवं समालाेचकहरू डा.हिमलाल पन्थी र पुस्कर रिजाल ‘पुष्प’ ले चर्चा गर्नुभएको थियो ।

राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीकाे अध्यक्षतामा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्मा रहनुभएकाे थियाे ।
प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी, प्रलेस नेपालका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषाेत्तम खनालले महाकवि देवकोटाकाे सन्दर्भमा बाेल्नुका साथै शुभकामना दिनुभएको थियो भने नगेन्द्र गुरु, विना राेका, सन्ध्या रेग्मी, यम रेग्मी, माेहनकुमार दाहाल, कमलमणि देवकोटा, नारायण नेपाल, घनश्याम अस्तित्व लगायतका स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो । साथै साे अवसरमा साहित्यकार नगेन्द्र गुरुले लेख्नुभएको ‘याद त आइहाल्छ नि’ नामक गजलसङ्ग्रहकाे विमाेचन पनि गरिएको थियो ।

सर्वाेदय पुस्तकालय तथा वाचनालय दाङका उपाध्यक्ष चन्द्रराज पन्तकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रलेस नेपाल दाङ शाखाका उपाध्यक्ष रेशम बी.सी.ले धन्यवाद दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’ले गर्नुभएको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्