बितेको तीन महिनामा दाङमा मात्र दुई सय ६२ लैंगिक हिंसासम्बन्धी उजुरी – Kanika Khabar
Friday, April 26Nepali News Portal

बितेको तीन महिनामा दाङमा मात्र दुई सय ६२ लैंगिक हिंसासम्बन्धी उजुरी

    मा प्रकाशित

घोराही । बितेको तीन महिनामा दाङमा मात्र दुई सय ६२ लैंगिक हिंसासम्बन्धी उजुरी परेका छन्। गत २०७९ साउनदेखि असोजसम्मको तीन महिनामा लैंगिक हिंसा सम्बन्धी निवेदन लिएर जिल्ला प्रहरीमा पुगेकाहरुको संख्या हो यो ।

यो तीन महिनामा दाङमा सबैभन्दा धेरै एक सय ६२ जना लैंगिक हिंसाका घटना लिएर पीडित प्रहरीकोमा पुगेका छन्

भने ३१ जना घरेलु हिंसाबाट पीडितहरु पुगेका छन्। त्यस्तै २५ बलात्कार, पा“च बलात्कारप्रयास, ११ बहुविवाह, आत्महत्या २०, बाल यौन दुरुपयोगका छ उजुरी प्रहरीसम्म आइपुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शुक्रबार घोराहीमा आयोजित दाङमा लैंगिक हिंसाको अवस्था र यस्तो हिंसा न्यूनीकरणका सम्बन्धमा सरोकारवालाहरुबीच आयोजित अन्तक्र्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मीरा खड्काले दाङमा महिलाविरुद्ध भएका हिंसाका घटना बढ्दै गएको जानकारी गराउनुभयो । उहा“का अनुसार आर्थिक वर्ष २०७८÷२०७९ मा जिल्लामा आठ सय आठ लैङ्गिक हिंसाका उजुरी परेका थिए भने यसको अघिल्लो वर्ष आर्थिक वर्ष २०७७÷०७८ मा यो संख्या छ सय ९२ थियो ।

कार्यक्रममा महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले लैंगिक हिंसाका घटना बढ्दै गएको भए पनि पीडितको न्यायमा पहु“चको अवस्था भने अझै पनि कमजोर रहेको बताएका थिए ।

लैंगिक हिंसा सम्बोधनका क्षेत्रमा भएका नीतिगत व्यवस्थाहरु पीडितसम्म अझै पुग्न नसकिरहेकोतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउ“दै उनीहरुले संरचनालाई पीडितमैत्री बनाउन र सेवा प्रवाहमा विशेष जोड दिन आग्रह गरेका थिए । घोराही उपमहानगरपालिका तथा संघसंस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लैंगिक हिंसा अन्त्य गर्न उपमहानगरले गरेका प्रयासबारे बोल्दै यो अभियानमा सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

उपप्रमुख हुमाकुमारी डिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, नया“ युगबोध राष्ट्रिय दैनिकका लक्ष्मी आचार्य, मानवअधिकार सञ्जालका संयोजक केशवकुमार शर्मा, महिला अधिकारकर्मी सावित्रा राना, निर्मला गौतम, सुशीला पौडेललगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिकाकी मोती विश्वकर्माले गर्नुभएको थियो । मंसिर ९ गतेदेखि शुरु

भएको यो अभियान १० डिसेन्बर अर्थात मंसिर २४ गते मानवअधिकार दिवसस“गै सकिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्