माछा मार्ने क्रममा करेन्ट लागी एक जनाकाे मृत्यु – Kanika Khabar
Saturday, April 27Nepali News Portal

माछा मार्ने क्रममा करेन्ट लागी एक जनाकाे मृत्यु

    मा प्रकाशित

तुलसीपुर, मंसिर १० । तुलसीपुरको मलवारमा करेन्ट लगाई माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा ५० बर्षीय सुरेश डाँगीको दिउँसो साढे २ बजेतिर स्थानीय मलवारे कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय तेन्डु चौधरीको घरबाट करेन्टको तार लगेर मृतका छोरा निर्मल डाँगीसहित तीन जना मल्वारे कुलोमा माछा मार्न गएका थिए । त्यही क्रममा सुरेशलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए । घटनास्थल तर्फ प्रहरी पठाइएको उनले बताए ।
शब पोष्ट मार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइने भएको छ ।

डाँगीको घर कैलाली जिल्लाको भजनी रहेपनि उनी बिगत दश बर्षदेखि तुलसीपुरको मलवारस्थित माइती घरमा परिवारसहित बस्दै आएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्