जर्मनीले विश्वकपको समूह चरण पार गर्न सकेन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

जर्मनीले विश्वकपको समूह चरण पार गर्न सकेन

    मा प्रकाशित

फिफा विश्व कप फुटबलमा कोस्टारिकालाई हराए पनि जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ को अन्तिम खेलबाट नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ । अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरे । जापानले स्पेनलाई २–१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम–१६ मा पुग्यो ।

स्पेन पराजित भए पनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि अघि बढ्न सकेन । जापान ६ अङ्कसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ ।

स्पेन ४ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी ४ अङ्क जोडे पनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रह्यो । कोस्टारिका ३ अङ्कका साथ चौथो हुँदै बाहिरियो ।

समूहमा पहिलो खेलको नतिजाले समीकरणमा निकै ठूलो भूमिका खेल्यो । जापानले पहिलो खेलमा जर्मनीलाई २–१ ले हराएको थियो । स्पेनले पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले पराजित गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्