राप्ती आँखा अस्पताल, चार विशिष्टकृत सेवा सुरु – Kanika Khabar
Saturday, April 27Nepali News Portal

राप्ती आँखा अस्पताल, चार विशिष्टकृत सेवा सुरु

    मा प्रकाशित

बालाराम खड्का
तुलसीपुर, २२ मंसिर ।

राप्ती आँखा अस्पतालमा पहिलो पटक घोराही–१० का डिल्लीबहादुर डाँगीको आँखाको पर्दामा जमेको रगतको शल्यक्रिया भयो । मलेसिया रोजगारीका लागि जान लागेका डाँगीको आँखाको पर्दामा रगत जमेर दृष्टि कम भएका कारण उनी समस्यामा परेका थिए ।

त्यस्तै अस्पतालले पहिलो पटक बाँकेको राप्ती सुनारी–१ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण ग¥यो । आँखाको नानीमा फुलो परेको र औषधी हाल्दा पनि ठिक नभएर फुट्न लागेको अवस्था भएपछि आँखाको डल्लो बचाउन नानी प्रत्यारोपण गरिएको थियो । त्यस्तै अकुलोप्लाष्टिक तथा (आँखाको क्यान्सर)सम्बन्धी पनि केही समय पहिले आँखाको क्यान्सरको सफल शल्यक्रिया भयो । त्यतिमात्र होइन अस्पतालमा बाल नेत्ररोग विशेज्ञद्वारा डेढो आँखाको उपचार तथा शल्यक्रिया, अल्छी आँखाको जाँच तथा उपचार, बालबालिको आँखाको दृष्टिदोषको जाँच, उपचार र बालबालिकाको मोतियाविन्दुको शल्यक्रिया तथा न्यूनदृष्टिसम्बन्धी जाँच तथा परामर्श सेवा गरी ४ वटा विशिष्टिकृत डाक्टरद्वारा विशेषज्ञ सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको आयोजना तथा एनएबीपी नर्वेको सहयोगमा अस्पतालमा भएको पत्रकार भेटघाट कार्यक्रममा घरआँगनमै आँखासम्बन्धी विशिष्टिकृत सेवा सुरु भएसँगै यहीँबाट सबै सेवा प्रवाह गरेको अस्पतालका मेसु डा. सन्तोष सुवेदीले बताए । अस्पताल प्रशासनिक समितिका संयोजक चिरञ्जीवी रिजालको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काको विशेष उपस्थितिमा भएको कार्यक्रममा अस्पतालले सुरु गरेका विशेषज्ञ सेवाहरूको बारेमा डा. सुवेदीले जानकारी गराएका थिए ।

डा. सुवेदीले राप्ती आँखा अस्पतालमा विशिष्टिकृत डाक्टरद्वारा विशेषज्ञ सेवा सुरु गरेसँगै आँखाको पर्दासम्बन्धी विभिन्न प्रकारका शल्यक्रिया सेवा सुरु गरिएको बताए । अस्पतालले भेट्रेकटोमी शल्यक्रियामार्फत आँखाको पर्दासम्बन्धी जटिल शल्यक्रियाहरू नियमित रूपमा सञ्चालन भइरहेको, आँखाको पर्दाका मधुमेह, उच्चरक्तचाप र शरीरका कुनै पनि रोगहरूले गर्दा आँखाको पर्दामा गरेका असरहरूको पूरा जाँच र आधुनिक स्तरको शल्यक्रिया सहितका उपचार सेवा दिइरहेको रेटिना रोग विशेषज्ञ डा. सन्तोष सुवेदीले बताए ।

अस्पतालमा आँखाको पर्दाको विभिन्न प्रकारका लेजर प्रविधिद्वारा उपचारहरू, विभिन्न रोगहरूबाट आँखाको पर्दामा भएका आँखाका समस्याहरू इन्जेक्सनमार्फत आँखाभित्रै औषधी दिने व्यवस्था, फाटेको पर्दा जोड्ने शल्यक्रिया, आँखाभित्र तेल राख्ने र निकाल्ने उपचारहरू, पर्दाको प्वाल पर्दामा लागेको जालीको शल्यक्रिया, आँखाभित्र जमेको रगत निकाल्ने शल्यक्रिया सेवा समेत यहीँबाट दिन सुरु गरेको डा. सुवेदीले बताए ।

अस्पतालले अकुलोप्लाष्टिक तथा आँखाको क्यान्सरको शल्यक्रियादेखि आँखाको नानीको प्रत्यारोपण सेवा समेत यस अघि सुरु गरेको थियो । रेटिना कोर्निया तथा अन्य विशिष्टिकृत सेवासम्बन्धी विभिन्न उपचार तथा शल्यक्रिया सेवा दाङमै सुरु भएको भन्दै अब बिरामीहरूलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता नहुने डा. सुवेदीको भनाइ छ । रेटिना तथा पर्दाका डा. सन्तोष सुवेदीले अब बिरामी जिल्ला बाहिर गएर लामो समयसम्म आँखा शल्यक्रियाका लागि पर्खनुपर्ने बाध्यता हटेको बताए । ‘हामीले विशेषज्ञ सेवा त्यो पनि रेटिना अकुलोप्लाष्टिक र कोर्निया (आँखाको नानी) र बाल नेत्ररोगसम्बन्धी शल्यक्रिया र उपचार सेवा सुरु गरेका छौँ’, उनले भने ।

‘यस अघि यो सेवा लिन बिरामीहरू जिल्ला बाहिर जानुपर्ने र खर्च पनि धेरै लाग्ने गरेको थियो, अब भने हामीले यहीँ शल्यक्रिया र उपचार सेवा दिनथालेका छौँ, यसले बिरामीलाई पनि निकै राहत मिल्नेछ’, डा सुवेदीले भने । अस्पतालका अकुलोप्लाष्टिक विशेषज्ञ डा. सुरेश रसाइलीको टिमले पहिलो पटक केही महिना अघि आँखाको क्यान्सरको सफल शल्यक्रिया गरेका थिए भने कर्निया विशेषज्ञ डा. ज्योति सापकोटाले करिब २२ जनाको आँखाको नानीको प्रत्यारोपण गरेकी छन् ।

पछिल्लो समयमा राप्ती आँखा अस्पतालमा विशेषज्ञ सेवा लिने बिरामीको संख्या बढ्दै गएको छ । यसअघि यो सेवा यहाँ नहुँदा बिरामी जिल्ला बाहिर जानुपर्ने अवस्था भए पनि अब सबै सेवा यहीँबाट सुरु गरेको नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले बताए । ‘रेटिना कर्निया र अकुलोप्लाष्टिक र बाल नेत्ररोगसम्बन्धी सेवा लिनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ, यो दङाली जनता र हाम्रो लागि पनि खुसीको कुरा हो, यहीँ सबै सेवा पाउन सफल हुनुभएको छ’, खड्काले भने ।

प्रशासनिक समितिका संयोजक चीरञ्जीवी रिजालले अस्पतालले उपचार सेवा तथा विभिन्न सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरेको भन्दै अस्पतालको विकासमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अस्पतालमा अकुलोप्लाष्टिक तथा आँखाको क्यान्सरसम्बन्धी सेवाहरू, आँसु नलीसम्बन्धी समस्याहरूको उपचार तथा शल्यक्रिया, काटिएको आँसु नलीको शल्यक्रिया, आँखाको ढकनीमा देखिने समस्याको उपचार तथा शल्यक्रिया, आँखाको सौन्दर्यताको लागि गरिने उपचार तथा शल्यक्रिया, आँखा वा आँखा वरपर देखिएको क्यान्सरको उपचार तथा शल्यक्रिया सेवा दिँदै आएको छ ।

आँखाको नानीसम्बन्धी सेवाहरू आँखाको नानीमा (पूmलो पर्ने) को औषधी तथा शल्यक्रियामार्फत उपचार आँखाको नानीको प्रत्यारोपण सेवा, दृष्टि बढाउनको लागि गरिने नानीको प्रत्यारोपण आँखाको नानीमा फरक आकारका चोट, घाउ या ट्यूमर हटाउने शल्यक्रिया सेवा दिँदै आएको छ । त्यस्तै सबैको साथ सहयोग र व्यवस्थापन समितिको सक्रियतामा आँखासम्बन्धी विशेषज्ञ सेवाहरू दाङमा दिन पाउँदा यहाँका सेवाग्राहीलाई सहज भएको मेसु डा. सुवेदीले बताए ।

बाल नेत्ररोग विशेषज्ञ निता सुनामले पनि डेढो आँखाको उपचार तथा शल्यक्रिया, अल्छी आँखाको जाँच तथा उपचार, बालबालिको आँखाको दृष्टिदोषको जाँच, उपचार र बालबालिको मोतियाविन्दुको सल्यक्रिया सेवा दिने अस्पतालले जनाएको छ । पत्रकार सम्मेलनमा अस्पतालका प्रशासक किरण पौडेलले नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले दिएका सेवा र गरेका कार्यक्रहरूको बारेमा जानकारी गराएका थिए । पौडेलले राप्ती आँखा अस्पतालले स्थापनाकालदेखि हालसम्म १० लाख बढीको आँखा उपचार सेवा र ३२ हजार बढीको शल्यक्रिया सेवा दिएको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्