प्याब्सन दाङद्वारा आयाेजित अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिता आज सकिदै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

प्याब्सन दाङद्वारा आयाेजित अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिता आज सकिदै

    मा प्रकाशित

दाङ, ८ माघ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको आयोजनामा हिजोदेखि सुरु भएको अन्तरविद्यालय शिक्षक भलिवल प्रतियोगिता आज सकिदैछ । प्रतियोगिता दाङको घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलमा सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा १४ वटा विद्यालयले प्रतिष्पर्धामा भाग लिएका छन् भने घोराही प्याव्सन र राप्ती प्याव्सन विभागीय टीमको रुपमा रहेको छन् । तीमध्ये हिजो भएको खेलमा मेचीकालीले अन्नपूर्णलाई, ज्ञानज्योतिले लिटिल एञ्जल र सनराइजलाई, गोरखा घोराहीले विद्यानिकण्ठलाई, दीपशिखाले माउन्टभ्यूलाई र जनज्योतिले शुभदर्शन देउखुरीलाई पराजति गरेका थिए ।

चन्द्रोदय र स्टारबीच भएको खेलमा चन्द्रोजय विजयी भए पनि केही खेलाडी गैरशिक्षक भएको पाइएपछि स्टारलाई विजेता घोषणा गरिएको थियो । त्यस्तै विभागीय घोराही प्याव्सनले राप्ती प्याव्सनलाई पराजित गरेको थियो । सबै खेल २–० को सोझो सेटमा सकिएका थिए । आज क्वाटर फाइनल, सेमिफाइनल र फाइनलका खेल हुनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्