काङ्ग्रेसको प्राथमिकता सरकारभन्दा पार्टी निर्माण : नेता महर – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

काङ्ग्रेसको प्राथमिकता सरकारभन्दा पार्टी निर्माण : नेता महर

    मा प्रकाशित

घोराही, १२ माघ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको प्राथमिकता अवको पाँच बर्ष कसैसँग गठबन्धन नगरेर पार्टीको संगठन निर्माणका लागि हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस घोराही नगरको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखेका छन् । गठबन्धन गरेर पार्टीका लागि राम्रो नभएको भन्दै केन्द्रीय सदस्य महरले फेरी गठबन्धन गर्नुभन्दा एकल लडेर बहुमत ल्याउने गरि पार्टीलाई जनताको पक्षमा लगाउनुपर्ने बताए ।

‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनुपर्छ, पारदर्शी हुनुपर्छ,’ उनले,’त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ । अबको पाँच वर्षपछि कांग्रेस एक्लै चुनावमा होमिने र एकल दुई तिहाई ल्याउने अवस्थामा पु¥याउनुपर्छ । त्यसपछि मात्र नेपालमा विकास र लोकतन्त्रको जग बलियो हुन्छ ।’ केही दिन पहिले संसद भवन अगाडि एक जनाले आत्मदाह गरेको स्मरण गर्दै त्यो सरकारप्रतिको चरम निराशाको उदाहरण भएको बताए ।

नयाँ आएका दलहरूप्रति पनि युवाको आशा मर्दै गएको नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य महरको टिप्पणी थियो । ‘मुलुकमा केही गर्छु भन्ने युवाले आत्मदाह गर्ने अवस्था सिर्जना हुनुले हाम्रो मुलुक कता गइरहेको छ भन्ने चिन्ता लागिरहेको छ’,उनले भने , ‘नयाँलाई पनि जनताले भरोसा गर्न सक्ने अवस्था देखिँदैन । नयाँ दलका पनि सुरुवाती स्टेपहरू नै विवादास्पद र निराशाजनक देखिएका छन् । यो अवस्था देशका लागि सुखद होइन ।’

 

नेपाली कांग्रेसका नगर सभापति तिलक रावतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लुमिवनी प्रदेश उपसभापति तथा प्रदेशसभा सदस्य राजु खनाल, लुम्विनी प्रदेश सहमहामन्त्री खगराज पाण्डे, नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगी, नेपाली कांग्रेस लुम्विनी प्रदेशका प्रवक्ता एवं प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपाने, नेपाली कांग्रेस दाङका पूर्व पार्टी सभापति विरकेशरी गौतम, महासमिति सदस्य भूपबहादुर डाँगी, नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ सभापति भीमप्रकाकाश खड्का, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेय, नेपाली प्रदेशसभा क्षेत्र नं. २ (ख)का सभापति अभियान बस्नेत, क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि बद्रीकुमार खड्का, नेपाल महिला संघ दाङ अध्यक्ष गोमा रावतलगायतलेका बक्ताहरुले बोलेका थिए ।

सम्मेलनमा नेपाली कांग्रेस घोराही नगर कोषाध्यक्ष भरत गिरीले आर्थिक र प्रगति प्रतिवेदन नगर सचिव पुष्पराज आचार्यले प्रस्तुत गरेका थिए । नगर उपसभापति दुर्लभ केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव भीमकान्त चौधरीले गरेका थिए । प्रथम नगर सम्मेलका अवसरमा नेपाली कांग्रेस नगर समितिले हरेक वडाका १९ जना ज्येष्ठ क्रियाशिल सदस्यहरुलाई सम्मान गरिएको थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्