टरिगाउँ एयरपोर्टमा आज सीता एयरले परीक्षण उडान भर्दै – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

टरिगाउँ एयरपोर्टमा आज सीता एयरले परीक्षण उडान भर्दै

    मा प्रकाशित

दाङ, १३ माघ ।
दाङको टरिगाउँ एयरपोर्टमा सीता एयरले आज शुक्रबार परीक्षण उडान भर्ने भएको छ । सीताको १९ सिटे चार डोर्नियर जहाजले शुक्रबार दिउँसो एक बजे परीक्षण उडान भर्न लागेको टरिगाउँ एयरपोर्टका विमानस्थल प्रमुख गणेश आचार्यले जानकारी दिए ।

प्रमुख आचार्यका अनुसार एयरपोर्टबाट पछिल्लो समय नेपाल एयरलाइन्सको ट्विनअटर विमानले हप्ताको चार दिन आइबार, मंगलबार, बिहीबार र शनिबार उडान हुँदै आएको छ।

दाङदेखि काठमाडौंको भाडा न्यूनतम ८ हजार ८ सय १० रूपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम ९ हजारदेखि अधिकतम १२ हजारसम्म छ । निजी विमान सेवा कम्पनीले टरिगाउँ एयरपोर्टमा उडान भरे हवाई भाडा घट्ने आशा गरिएको छ । यस एयरपोर्ट घाँसे मैदान हुँदा पनि सीताले उडान भरेको थियो ।

त्यस्तै सीताले गुल्मीको नवनिर्मित एयरपोर्ट र दाङको एयरपोर्टबाट परीक्षण उडान भर्न लागेको हो । युवा ब्यवसायी विमल रिजाललगायत यसक्षेत्रका ब्यवसायीको पहलमा झन्डै दशक पहिले पनि निजी विमानले टरिगाउँ एयरपोर्टमा सेवा दिने गरेका थिए ।

टरिगाउँ एयरपोर्ट ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे रहेका कारण यहाँ ठूला विमान अवतरण हुन सक्दैनन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्