गजल अभियान दाङकाे स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम – Kanika Khabar
Saturday, April 27Nepali News Portal

गजल अभियान दाङकाे स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

    मा प्रकाशित

दाङ । गजल अभियान दाङले पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरेको छ । साहित्यका माध्यमबाट समाजमा योगदान पु¥याएका तीनजना स्रष्टालाई शनिबार पुरस्कृत एवं सम्मान गरेको हो ।

गजलकार कपिलमणि लामिछानेले स्थापना गरेको स्वर्गीय ठाकुरप्रसाद लामिछाने गजल लेखन पुरस्कार गजलकार एवं सञ्चारकर्मी सुरेशसुमन डाँगीलाई प्रदान गरिएको छ । त्यसैगरी गजलकार तथा गीतकार प्रतीक संग्रामीले स्थापना गरेको स्वर्गीय पानसरी/मनवीर गजल संगीत पुरस्कार गीतकार तथा गायक गोविन्द मधुर आचार्यलाई प्रदान गरिएको छ । संस्थागततर्फ देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष हरि पोख्रेललाई सम्मान गरिएको छ । कार्यक्रममा गजलकार सुरेशसुमन डाँगीले पछिल्लो समय गजल क्षेत्रमा युवा पुस्ताको आकर्षण रहेको बताउनुभयो । उहाँले साहित्यका माध्यमबाट सुसूचित गरी समाज रुपान्तरण गर्न सकिने बताउनुभयो ।

सो अवसरमा गजलकार भुपाल रावत, मनोज थापा मगर, भीमलाल मरासिनी, भुपेन्द्र निराकर डाँगी, बलदेव रजौरे, कपिलमणि लामिछाने, भावना न्यौपाने ‘भवानी’, अभि क्षेत्री ‘समर्पण’, प्रतीक संग्रामी, डिल्लीराज श्रीधर, गीतकार, गायक तथा संगीतकार सन्तोष रजौरेले रचना वाचन गर्नुभएको थियो । त्यसैगरी नेपाल लेखक संघका अध्यक्ष हिमलाल पन्थी, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष हरि पोख्रेल, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष टीकाराम उदासीले गजल क्षेत्रमा धेरै सम्भावना भएकाले दाङलाई देशैभरि चिनाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरको सहकार्य एवं गजल अभियान दाङको आयोजनामा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष प्रबल बिष्टको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कपिलमणि लमिछानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव प्रकाश केसीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्