उदाहरण समूहद्वारा काव्याकाशमा अमृतांशु कार्यक्रम – Kanika Khabar
Saturday, April 27Nepali News Portal

उदाहरण समूहद्वारा काव्याकाशमा अमृतांशु कार्यक्रम

    मा प्रकाशित

घोराही । उदाहरण समूह नेपालद्वारा काव्याकाशमा अमृतांशु कार्यक्रम घोराहीमा गरिएको छ । कार्यक्रममा अमृता प्रितमका छानिएका कविता पुस्तकका अनुवादक कवि रिमा केसीसँग संवाद गरिएको थियो । संवादको सहजीकरण समूहका अभियन्ता घनश्याम अस्तित्वले गर्नुभएको थियो ।

अमृता प्रितम भारतको लोकप्रिय लेखक मध्येकी एक हुनुहुन्छ । भारतीय साहित्यकार अमृता प्रितमका छानिएका कविताहरुलाई नेपालीमा अनुवाद गरी केसीले पुस्तक प्रकाशन गर्नुभएको हो । पुस्तकमा अमृता प्रितमका एक सय १४ कविता समावेश गरिएको छ ।

कार्यक्रममा नौजना नव साहित्यकारहरुका पुस्तकमा समावेश गरिएका कविताहरु बाचन गरिएको थियो । सुदृष्टि लक्ष्मी, श्रवण नेपाली, अस्मिता परियार, समिर वली, विपीन आचार्य, मनोज थापा मगर, जित अजित, अनुपमा खत्री र समीक्षा लामिछानेले कविता वाचन गर्नुभएको थियो ।

अभियन्ता नवीन श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संगीत मगरले गर्नुभएको थियो । कार्यक्रममा उदाहरण समूहका अभियन्ता तथा विभिन्न साहित्यकारहरुको सहभागिता थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्