छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

    मा प्रकाशित

घोराही, ८ जेठ ।
विद्यालयको होस्टलमा बसेकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा फरार रहेका शिक्षक पक्राउ परेका छन् ।

शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति माध्यामिक विद्यालय धनौरीको होस्टेलमा बस्ने कक्षा १० मा अध्ययन गर्ने १६ वर्षकी छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक खिमानन्द पौडेल पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

शान्तिनगर गाउँपालिका–७ निवासी ३५ वर्षीय शिक्षक पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरिक्षक गौतमका अनुसार विद्यार्थीलाई ललाई फकाई बलात्कार गरेको आरोप पीडित छात्रा र अभिभावकले प्रहरीमा उजुरी दिएपछि गत चैत २१ गतेदेखि शिक्षक फरार रहेका थिए ।

पीडित पक्षले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएसँगै भागेर भारत पुगेका पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक गौतमले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरिक्षक गौतमले भन्नुभयो,‘छात्रालाई बलात्कार गरेको आरोप लागेपछि भागेर भारत पुगेको शिक्षक पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।’

पौडेललाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर थप अनुसन्धानलाई अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्