आलोचनात्मक प्रवृत्तिलाई त्यागेर समृद्धिमा लागाैँ : मन्त्री खनाल – Kanika Khabar
Saturday, April 27Nepali News Portal

आलोचनात्मक प्रवृत्तिलाई त्यागेर समृद्धिमा लागाैँ : मन्त्री खनाल

    मा प्रकाशित

दाङ, १२ जेठ ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले आलोचनात्मक प्रवृत्तिलाई त्यागेर समृद्धि लाग्न अपील गरेका छन् ।

दाङ काङ्ग्रेसले आयाेजना गरेकाे बधाई तथा शुभकामना कार्यक्रममा बाेल्दै स्वास्थ्य मन्त्री खनालले पार्टीगत रूपमा आलोचना नगरी जनतालाई सरकार भएकाे महसुस गराउने गरी काम गर्ने बताएका हुन् ।

मन्त्री खनाले धेरै काम गर्ने आश्वासन दिलाउनुभन्दा गुणात्मक काम गर्ने बताए । `लुम्बिनी प्रदेशकाे स्वास्थ्य क्षेत्रलाई सुधारका लागि सरकारकाे तर्फबाट हुने काममा कुनै कमी हुने छैन । स्वास्थ संवेदनशील क्षेत्र हाे । नागरिककाे स्वास्थ्यसँग कुनै प्रकारका सम्झाैता हुँदैन । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य क्षेत्रलाई प्रभावकारी तथा सर्व सुलभ बनाउन लागिपर्ने छ । ´मन्त्री खनालले बताए ।

मन्त्री खनालले संगठन सबैभन्दा अपरिहार्य रहेकाे बताउँदै संगठन कुनै संघ, संस्थाका लागि मात्र नभई समाज र देशका लागि हुनपर्नेमा जाेड दिए । `राष्ट्रिय राजनीतिमा तरलता सिर्जना भएका कारण समृद्धिका कार्यलाई सरकारले प्रभावकारी रूपमा अगाडि बढाउन सकेकाे छैन ।´ मन्त्री खनालले बताए ।

जिल्ला सभापति शङ्कर डाँगीकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे सहजीकरण सचिव अर्जुन याेगीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्