दाङमा जेठ २५ गतेदेखि दादुरा रुवेलाबिरुद्धको खोप – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

दाङमा जेठ २५ गतेदेखि दादुरा रुवेलाबिरुद्धको खोप

    मा प्रकाशित

दाङ ।
दाङमा यही जेठ २५ गतेदखि दादुरा रुवेलाबिरुद्धको खोप शुरु हुने भएको छ । खोप अभियानको तयारीका लागि आइतबार घोराहीमा जिल्लास्तरीय खोप समन्वय समिति, सञ्चारकर्मी सरोकारवालाहरुको अभिमुखीकरण तथा समन्वय बैठक गरिएको हो ।

खोपअभियानअन्तर्गत दाङमा छ महिनादेखि १५ वर्षमुनिका दुई लाख २१ हजार बालबालिकालाई खोप लगाउनुपर्नेछ । त्यसका लागि भौगोलिक अवस्थाअनुसार ३० देखि दुई सय ५० जनासम्म बालबालिकालाई लक्षित गरी आठ सय एक स्थानमा खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत बामदेव खनालले बताए ।

दक्षिण एसियाका छवटा देशमा हालसम्म दादुरा निवारण हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनले सन् २०२६ सम्म यी देशमा दादुरा निवारण गर्ने लक्ष्य लिएको छ । त्यसअन्तर्गत दादुरा रुवेला खोप अभियान सञ्चालन भएको हो । तथ्यांकअनुसार अभियानमा कोशी प्रदेशका दुई, मधेश प्रदेशका एक, लुम्बिनीका दुई, कर्णालीका एक र सुदूरपश्चिमका तीन जिल्लाका १५ लाख १५ हजार चार सयजना बालबालिका सहभागी हुनेछन् । त्यसका लागि सात हजार पाँच सय ३५ खोप केन्द्र प्रस्तावित छन् भने १५ हजार ७४ जना खोप दिने स्वास्थ्यकर्मी र १५ हजार ७४ जना स्वयंसेवक खटिदैछन् ।

दाङमा जेठ २५ देखि ३१ गतेसम्म घोराही, लमही, बंगलाचुली, राजपुर र राप्तीमा लगाइने छ भने ३१ देखि असार ७ गतेसम्म तुलसीपुर, शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा खोप लगाइनेछ । कार्यक्रममा सबै क्षेत्रबाट बालबालिकाहरुलाई खोप अभियानमा सहभागी हुने भूमिका खेल्दिन अनुरोध गरिएको छ । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयको आयोजना तथा जिल्ला समन्वय समितिका अध्यक्ष नित्यानन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा खोप शाखाका फोकल पर्सन किशोर आचार्यले राष्ट्रिय खोप कार्यक्रमका उद्देश्य र दादुरा रोग निवारणका रणनीतिबारे प्रष्ट पारेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्