अहिले ठूलो षड्यन्त्र भइरहेको छ, राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ : ओली – Kanika Khabar
Saturday, April 20Nepali News Portal

अहिले ठूलो षड्यन्त्र भइरहेको छ, राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ : ओली

    मा प्रकाशित

कनिका डेस्क
असार २०, दाङ

राष्ट्रपति र प्रधानमन्त्री बीचको भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब एक घन्टा छलफल भएको थियो ।

स्रोतका अनुसार राष्ट्रपतिसँगको छलफल सकिएलगत्तै प्रधानमन्त्री ओली अहिले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूसँग छलफलमा जुटेका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग के विषयमा कुराकानी गरे भन्ने खुलेको छैन । साथै मन्त्रीहरुलाई बालुवाटार बोलाउनुको कारण स्पष्ट नहुँदा पार्टीभित्र र बाहिर अनेक अड्कलबाजी भएका छन् ।

प्रधानमन्त्रीले समसामयिक विषयमा मन्त्री र राज्यमन्त्रीहरूसँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तारुढ नेकपाले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्न भनेर स्थायी कमिटी बैठकमा दबाब दिइएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्