एसईईको ग्रेड बृद्धि परीक्षा साउन २६ र २७ गते – Kanika Khabar
Monday, February 16Nepali News Portal

एसईईको ग्रेड बृद्धि परीक्षा साउन २६ र २७ गते

    मा प्रकाशित

दाङ, २३ असार ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को ग्रेड बृद्धि परीक्षा आगामी साउन २६ र २७ गते हुने भएको छ ।

अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । तर परीक्षा रद्द भएका परीक्षार्थीहरु भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

सार्वजनिक भएको नतिजामा चित्त नबुझेका विद्यार्थीले साउन ५ गतेसम्ममा पुनर्योगको लागि निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । पुर्नयोगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ या परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा निवेदन दिन सकिनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्