विद्यालयल शिक्षाका लागि केयुसगँको सहकार्य – Kanika Khabar
Monday, May 6Nepali News Portal

विद्यालयल शिक्षाका लागि केयुसगँको सहकार्य

    मा प्रकाशित

यसपटकको काठमाडाैँ बसाइँको मेरो एउटा मुख्य उद्देश्य थियो केयु सँगको भेटघाट र छलफल। केयु भन्नाले काठमान्डौ विश्व विद्यालय हो जसको उपकुलपति संस्थापक डा. सुरेश राज शर्मा हुन् ।

 

केयुको आकार सानो भए पनि मेडिकल, इन्जिनियरिङ व्यवस्थापन र शिक्षा जस्ता उच्च शिक्षामा नेपालमा Pioneer विश्व विद्यालय मानिन्छ। खासगरी उच्च शिक्षामा अनुसन्धान, प्रोजक्ट वर्क, प्रस्तुतीकरण जस्ता वौद्धिक तथा Skill oriented कार्य बढाउन यो विश्व विद्यालयको नेपालमा अमूल्य देन छ । धेरै वर्ष अगाडि मैले केयुको BBA कार्यक्रम दाङमा चलाउने प्रस्ताव लिएर केयुमा गएको थिएँ र उपकुलपतिसँग सकारात्मक कुरा पनि भएको थियो तर पछि विश्वविद्यालय सिनेटले विश्व विद्यालयको आकार सानो manageable (व्यवस्थापन योग्य) बनाउने उद्देश्य अनुरूप हामीलाई सम्बन्धन दिएन। यो सिनेटको निर्णयको महत्व कहाँनेर छ भने हामीसगँ विद्यार्थी आए भनेर जथाभावी संख्या राख्दै गयो भने विद्यार्थीको Care मा नकारात्मक असर पर्न गई कालान्तरमा स्कुल, विश्व विद्यालयहरु खस्किदै जाने र shut down गर्ने अवशस्था आउन सक्छ । सोही वर्ष हामीले पोखरा विश्व विद्यालयबाट BBA कार्यक्रम सञ्चालनमा लिएको थियौँ ।

 

अहिले KU ले आफ्नो नीतिमा थोरै बदलाव लिएको रहेछ । खासगरी शिक्षा विभाग (School of Education) मा School सँग connected हुने नीति लिएको छ। शिक्षक – सिकाइ एउटा Skill हो । यो अभ्यासबाट मात्र शिक्षकहरुमा दक्षता हासिल हुन्छ । KU को शिक्षा विभाग अब school हरुमा पुगेर दोहोरो सम्बाद र अन्तरक्रिया गर्ने छ । विद्यालयमा शिक्षक शिक्षिकालाई तालिमदेखि, शैक्षिक योग्यतासम्म दिने लक्ष्य सहित विश्व विद्यालयमा अनलाइनमार्फत शिक्षा दिने परिपाटी मिलाएको रहेछ यस नीतिले KU मा भएको अनुसन्धान प्रवृति, Assignment, Project work र Presentation जस्ता सीपहरु शिक्षकले सिक्ने छन् र उनीहरु मार्फत विद्यार्थी वर्गमा धेरै थोरै प्रवाहित हुने कुरामा म विश्वास गर्छु। हामी विश्व विद्यालय पढ्न जागिर छोडेर जान्छौँ, तर हामीसँग हाल विश्व विद्यालयमा अभ्यास गर्ने गराउने ठलो छैन। यो KU – School Connect कार्यक्रमले एकातिर शिक्षक शिक्षिकालाई आर्थिक र समय वचत हुनेछ भने आफ्नै पेसामा अभ्यास सहित शैक्षिक ओग्यता हासिल गर्ने दोहोरो फाइदा हुने मात्र होइन कोरा विश्व विद्यालयमा पढ्न भनी गएका विद्यार्थीभन्दा School connected कार्यक्रममा अभ्यास सहित पढ्न पाउने हुँदा KU विद्यार्थीहरु अब्बल मानिने छन् भन्ने विश्वास मलाई छ । परिणामत: KU र गोरखा गुप्रले KU – School Connected कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेका छन् ।

 

नेपालको विद्यालय शिक्षाको कमजोरी भनेकै (ग्रेड) अंकमा सफलता खोज्नु र सो अंक (ग्रेड) प्राप्त गर्न धोक्ने सार्ने प्रवृति हो। विद्यालय शिक्षामा स-साना जीवन उपयोगी शिक्षा, खोज गर्ने, जिज्ञासु हुने बानी, सिर्जना गर्ने क्षमता र सहकार्य तथा नेतृत्व गर्ने बानीहरु अनिवार्य हुन्छन् । हाल विद्यालय अविभावकले अंक र ग्रेड खोज्ने प्रवृत्तिले विद्यार्थी अवस्थामा विकास हुनुपर्ने यी माथिका महत्वपूर्ण गुणहरु मर्दै जान्छन् र कालन्तरमा हाम्रा बालबालिकाहरु कक्षा १२ पछि हतास हुने, आत्म विश्वास नहुने, जीवनमा के गर्ने भने बारेमा Confuse हुने फलस्वरूप अगाडि उच्च शिक्षा पढ्न अरुचि गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसखाले विद्यालय शिक्षाले आज हाम्रा बालबालिकाहरु विदेश पलायन भई अर्काको आदेश मान्ने / सिर्जना गर्नुपर्ने काम गर्न नसकने भएका छन् ।

 

विद्यालय शिक्षाको यो अवस्थालाई सुधार गर्न KU सँगको सम्झाैता कोसे ढुङ्गा सावित हुनेछ जसले छात्र छात्रहरुको भाषिक सीप, सिर्जनात्मक क्षमता, सहकार्यमा काम गर्ने र नेतृत्व गर्नसक्ने सीपको विकास भई विद्यालय शिक्षाको उद्देश्य पूरा हुनेछ । यो सम्झौता KU र GG दुवैको लागि नयाँ Project हो । KU र GG को लागि दुवैलाई फाईदा हुने अपेक्षा लिएकाे छु।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्