घाेराही उपमहानगरपालिकामा लागू भयाे स्थानीय पाठ्यक्रम, स्थानीय पाठ्यक्रम अनुरूप अध्यापन गराउन आग्रह – Kanika Khabar
Saturday, May 4Nepali News Portal

घाेराही उपमहानगरपालिकामा लागू भयाे स्थानीय पाठ्यक्रम, स्थानीय पाठ्यक्रम अनुरूप अध्यापन गराउन आग्रह

    मा प्रकाशित

दाङ, २९ असार ।

दाङकाे घाेराही उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेकाे छ । शैक्षिक सत्र २०८० बाट लागू गर्ने गरी उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेकाे हाे ।

उपमहानगरपालिकाले शैक्षिक सत्र २०८० देखि स्थानीय पाठ्यक्रम लागू गरे पनि अझै केही विद्यालयमा स्थानीय पाठ्यक्रम लागू नभएकाे भन्ने जानकारी आएपछि घाेराही उपमहानगरपालिका नगर कार्यपालिकाले एक सूचना जारी गरी स्थानीय पाठ्यक्रम अनुरूप पठनपाठन गर्न अनुराेध गरेकाे छ ।

` यस शैक्षिक वर्ष २०८० देखि हाम्रो घोराही आधारभूत तह (कक्षा १-८) नामको स्थानीय पाठ्यक्रम निर्माण भई विद्यालयहरुमा वितरण समेत भएको तर केही विद्यालयहरुले उक्त पाठ्यक्रमको सट्टामा अन्य विषय अध्ययन अध्यापन गराइरहेको भन्ने जानकारी प्रप्त भएकोले सबै विद्यालयहरुले अनिवार्य रुपमा स्थानीय पाठ्यक्रम अनुरुप अध्ययन अध्यापन गर्नु गराउनुहुन सम्बन्धीत सवैमा जानकारी गराइन्छ ।´ जारी सूचनामा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्