सिटिइभिटी अन्तर्गतका एचए, नर्सिङ र फार्मेसीको शुल्क वृद्धि – Kanika Khabar
Saturday, May 4Nepali News Portal

सिटिइभिटी अन्तर्गतका एचए, नर्सिङ र फार्मेसीको शुल्क वृद्धि

    मा प्रकाशित

दाङ, ३० असार ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) शुल्क वृद्धि गरेको छ । सिटिइभिटीले मेडिकलतर्फ एचए, नर्सिङ र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेको हो ।

वृद्धि शुल्क अनुसार एचए अध्ययनका लागि ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तोकिएको छ । एचएको शुल्क १ लाख १९ हजारले वृद्धि भएको छ । यसअघि एचए अध्ययनका लागि ४ लाख ४ हजार शुल्क थियो ।

वृद्धि शुल्क अनुसार नर्सिङ पढ्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क लाग्ने छ यो शल्क पहिलेको भन्दा डेढ लाखले वृद्धि गरिएको हो । यसअघि नर्सिङको शुल्क ४ लाख ७५ हजार थियो ।

वृद्धि शुल्क अनुसार फार्मेसी अध्ययन गर्नका लागि ४ लाख २३ हजार ६ सय ६० रुपैया शुल्कतोकिएको छ । फार्मेसीको शुल्क साढे ८६ हजार रुपैयाँ बढेको हो । यसअघि ३ लाख ३७ हजार शुल्क थियो ।

सिटिइभिटीले २०७८ पुस ६ गतेको शिक्षा मन्त्रीस्तरीय निर्णयको आधारमा शुल्क वृद्धि गरेको जनाएको छ । वृद्धि शुल्क चालु र्शक्षिक सत्रदेखि लागु हुने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्