एक लाख नौ हजार बढीले लिए एनओसी – Kanika Khabar
Saturday, May 4Nepali News Portal

एक लाख नौ हजार बढीले लिए एनओसी

    मा प्रकाशित

काठमाडौँ, ३१ असार ।
एक आर्थिक वर्षमा उच्च शिक्षा अध्ययनका लागि नेपालमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) १ लाख ९ हजार ८ सय ३६ जनाले लिएका छन् । एनओसीका लागि १ लाख २२ हजार ११ जनाले आवेदन दिएका थिए । १२ हजार १ सय ७५ जनाको आवेदन मन्त्रालयले रद्ध गरेको हो । विभिन्न ७१ वटा देशमा उच्च शिक्षा अध्ययन गर्नका लागि १ लाख ९ हजार ८ सय ३६ जनाले एनओसी पाएका हुन् ।

चालु आर्थिक वर्ष २०७९ ८० को साउन १ गतेदेखि असार २९ गतेसम्म उच्च शिक्षाका लागि विदेश अध्ययनमा जाने १ लाख ९ हजार ८ सय ३६ जनाले एनओसी लिएको मन्त्रालयको बताएको छ।

वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार यो वर्ष अष्ट्रेलियाका लागि सबै भन्दा धेरै विद्यार्थीले एनओसी लिएका छन् । ३३ हजार ९ सय ६८ जनाले अष्ट्रेलियाका लागि एनओसी लिएका छन् । जापान अध्यनमा जान एनओसी लिने विद्यार्थीहरुको संख्य २१ हजार ६ सय ५४ रहेको छ । त्यस्तै क्यानडा २१ हजार ४ सय २५, बेलायतका लागि १० हजार ४ सय ७४, अमेरिकाका लागि ३ हजार ९ सय १, डेनमार्क १ हजार ८४, फ्रान्स १ हजार २ सय ६९, भारत २ हजार १ सय ८४, न्युजल्यण्ड १ हजार ८ सय ५६, रिपब्लिक अफ कोरिया २ हजार ९ सय ९३ र युएई २ हजार ३ सय ८१ जनाले एनओसी लिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्