फूलखेती विस्तारित गर्न विद्यार्थीले किने पावर टिलर – Kanika Khabar
Saturday, May 4Nepali News Portal

फूलखेती विस्तारित गर्न विद्यार्थीले किने पावर टिलर

    मा प्रकाशित

तुलसीपुर, ३१ असार ।
दाङको तुलसीपुर बहुप्राविधिक शिक्षालय कृषि तथा वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरुले फूलखेतीलाई विस्तारित गर्नका लागि पावर टिलर खरिद गरेका छन् । गतवर्ष गरेको फूलखेतीबाट बचेको पैसाले उनीहरुले पार टिलर किनेका हुन् । कृषिलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनका लागि विद्यार्थीले नै बनाएको कोषबाट किनिएको विद्यार्थी सन्दिप मल्लले बताए ।

‘यो वर्ष अलि धेरै विस्तार गरेर फूलखेती गर्ने सोचमा रहेका छौ’ उनले भने । गतवर्षभन्दा यो वर्ष धेरै मात्रामा फुलखेती गरिने विद्यार्थी स्पन्दन भुषालले बताइन् । उनले यो वर्ष फुलमात्रै नभएर विरुवा पनि विक्री गरिने बताइन् । ‘हामी अहिले विरुवा उत्पादनमा लागेका छौ’ भुषालले भनिन् । उनले यो वर्ष फूलखेतीलाई सजावट पूर्ण ढँगले गर्ने पनि बताइन् ।

शिक्षालयको सहयोगमा पछिल्लो समय विभिन्न प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरुले पढ्दै कमाउँदै गरिरहेको शिक्षालय प्रमुख वसन्त आचार्यले बताए । शिक्षालय प्रमुख आचार्यले विद्यार्थीहरुले फूलखेतीबाट आर्जन गरेको पैसाले विद्यार्थीहरुले नै कोष बनाउने समेत जानकारी दिए । गतवर्ष विद्यार्थीहरुले फूलखेती गरेर ४ लाख आर्जन गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्