दाङ एक खोलामा बेपत्ता युवक अझै भेटिएनन्, भोलि बिहानैबाट पुनः खोजी कार्य गरिने – Kanika Khabar
Friday, May 10Nepali News Portal

दाङ एक खोलामा बेपत्ता युवक अझै भेटिएनन्, भोलि बिहानैबाट पुनः खोजी कार्य गरिने

    मा प्रकाशित

दाङ, ९ साउन ।
दाङको एक खोलामा डुबेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । आज मंगलबार दिउँसो साढे चार बजेतिर घोराही उपमहानगरपालिका वडा नम्बर ७ शुक्रवारस्थित जंगुवा खोलामा डुबेर एक युवा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १० झारबैराका सुनिल पुन मगर रहेका छन् ।

माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका मगरको घटना लगत्तै खोजी कार्य जारी राखे पनि अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता एवम् सूचना अधिकारी राजन कुमार गौतमले बताएका छन् । घटनास्थलमा नेपाल प्रहरी, नेपाल आर्मी र नेपाल प्रहरीको टोलीले घटना लगत्तै खोजतलास गरे पनि आज बेलुका अबेरसम्म बेपत्ता भएका पुन फेला पर्न नसकेको प्रवक्ता गौतमले बताए ।
‘आज रात परेका कारण खोजी कार्यलाई निरन्तरता दिन सकिएन । भोलि बिहान सबेरैबाट पुनः खोजी कार्यलाई अगाडि बढाउने छौँ । ’ प्रवक्ता गौतमले बताए ।

घटनापश्चात खोजी कार्यमा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य तथा जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीसहितको टोली घटनास्थलमा पुगेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्