त्रिविले स्थगित परीक्षाका बारेमा दुई सातामा निर्णय गर्ने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

त्रिविले स्थगित परीक्षाका बारेमा दुई सातामा निर्णय गर्ने

    मा प्रकाशित

कनिका खबर
असार २३, दाङ ।
लकडाउनका कारण स्थगित भएका परीक्षा सञ्चालनबारे सम्बन्धित निकायहरुले छलफल गरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० र ११ को टुङ्गो लगाइसकेको छ भने कक्षा १२ को परीक्षाका सन्दर्भमा गृहकार्य गरिहेको छ । यस्तै लकडाउनका कारण स्थगित भएको परीक्षाका सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले आगामी दुई साताभित्र निर्णय गर्ने जनाएको छ ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे दुई साताभित्र सम्पूर्ण परीक्षाका सन्दर्भमा निर्णय हुने बताए । परीक्षा सञ्चालन सम्बन्धी गठित समितिले अहिले छलफल गरिरहेको छ, अबको दुई हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुने जोशीले बताए ।
साथै अनलाइनबाट परीक्षा गराउने भन्ने बाहिर हल्ना सुनिए पनि त्यो निराधार रहेको र यस विषयमा अहिलेसम्म त्रिविले केही निर्णय नगरेको स्पष्ट पारेका छन् । अनलाइनबाटै गर्नुपर्ने अवस्था आएपनि त्रिविले अग्रिम सूचना जारी गर्ने जानकारी दिए । उनले भने, ‘अनलाइनबाट परीक्षा लिने भन्ने हल्ल अहिले निराधार हो ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्