ट्रककाे ठक्करबाट एक महिला घाइते – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

ट्रककाे ठक्करबाट एक महिला घाइते

    मा प्रकाशित

दाङ, १९ साउन ।

देउखुरीमा ट्रककाे ठक्करबाट एकजना महिला गम्भीर घाइते भएकी छिन । घाइते हुनेमा राजपुर गाउँपालिका – ७ सुनपत्थरी नाका निवासी ३२ वर्षिय रामकली बाेहरा रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

शुक्रबार दिउँसो १:३० बजे लमहीबाट पश्चिम तर्फ जाँदै गरेको सु.प.प्र-०१००१ ख २८५२ नम्बरको ट्रकले लमही नगरपालिका – ८ सतवरिया स्थित बोहरालाई ठक्कर दिंदा निधार, मुख, दुवै हातखुट्टामा गम्भीर चाेट लागेको लमहीले बताएको छ ।

प्रहरीका अनुसार आफु चडेकाे बसबाट झरेर पसलमा सामान लिन जाने क्रममा ट्रकले ठक्कर दिएको हाे । ट्रक, चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते महिलालाई लमही अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारको लागि नेपालगन्ज रेफर गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्