जुम्लामा जिप दुर्घटना : दुई जनाकाे मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

जुम्लामा जिप दुर्घटना : दुई जनाकाे मृत्यु

    मा प्रकाशित

जुम्ला, १७ भदाै ।
आज आइतबार जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको कनकासुन्दरी-४ स्थित ठगुनेरामा भे१ज १०९९ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

मृतकको पहिचान भएको छैन । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्