सिकलसेल तथा थालेसिमियाका बिरामीलाई विमा कार्यक्रमको शुभारम्भ – Kanika Khabar
Saturday, April 27Nepali News Portal

सिकलसेल तथा थालेसिमियाका बिरामीलाई विमा कार्यक्रमको शुभारम्भ

    मा प्रकाशित

बाँके २५, पौष ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा सिकलसेल थालेसिमिया, हेमोफिलियाका बिरामी तथा परिवारका लागि प्रदेश सरकारबाट निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरिएको छ । एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य बिमाको शुभारम्भ गरेका हुन् ।

राप्ती सोनारी गाउँ पालिकामा निदान भएको ३३ जना बिरामीको बिमा कागज बिरामीहरुलाई हस्तान्तरण गरी कार्यक्रम को शुभारम्भ गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री खनालले सिकलसेल लगायतका हाल बढदो प्रकोपमा रहेका नसर्ने रोग को नियन्त्रण , रोकथाम तथा उपचार व्यवस्थापनमा सेवाको पहुँच नपुगेका नागरिकलाई सेवाको पहुँच पुर्याउन आधारभुत लगायत विशिष्टिकृत सेवा सर्वसुलभ बनाउन लुम्बिनी प्रदेश सरकार लागि परेको बताए ।

शहरी विकास मन्त्री कृष्णा केसीले सिकलसेल एनिमियाको रोकथाम उपचारका लागि लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेको र बिगत वर्षहरु देखि नै सिकलसेलको निदान , उपचार तथा तथा रोकथामको लागि बजेट तथा कार्यक्रम प्राथमिकता मा रहेको बताइन् ।

कार्यक्रमका अध्यक्षत तथा राप्ती सोनारी गाउँ पालिका प्रमुख तप्त पौडेलले राप्ती सोनारी गाउँ पालिकाका ९ वटै वडाका थारु समुदायका सबै व्यक्तिहरुको सिकलसेल जाँच गर्ने योजना रहेकाले त्यसका लागि प्रदेश सरकारले बजेट तथा कार्यक्रममा सहयोग गरी रगत जाँच, उपचार तथा बिमा कार्यक्रममा सहयोग गर्न अनुरोध गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्