आज राष्ट्रिय शिक्षा दिवस : विभिन्न विद्यालय, क्याम्पस र शिक्षालय पुरस्कृत – Kanika Khabar
Sunday, May 5Nepali News Portal

आज राष्ट्रिय शिक्षा दिवस : विभिन्न विद्यालय, क्याम्पस र शिक्षालय पुरस्कृत

    मा प्रकाशित

दाङ, २ असोज ।
आज राष्ट्रिय शिक्षा दिवस परेको छ । यस वर्षको दिवस ‘समावेशी र सीपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ मनाइँदै छ ।

२०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस फागुन १२ गते मनाइन्थ्यो । देशमा ०६२÷०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो ।
तर यसवयौदेखि नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिन पारेर असोज २ गते दिवस मनाउने निर्णय हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाको नामावली सार्वजनिक गरेको छ । पुरस्कृत हुने सार्वजनिक विद्यालयतर्फ कमला माध्यमिक विद्यालय, मैनी सिन्धुली, कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास सिन्धुली र नारायण माध्यमिक विद्यालय, कुमाख सल्यान, निजी लगानीका विद्यालयतर्फ प्रसादी एकेडेमी, ललितपुर, सेन्ट जेभियर्स कलेज, माइतीघर काठमाण्डौ, बूढानीलकण्ठ स्कुल, नारायणस्थान काठमाडौँ रहेका छन् ।

त्यस्तै, प्राविधिक शिक्षालयतर्फ कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रूपन्देही, मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा मोरङ, लाइफ लाइन अस्पताल प्रालि, दमक झापा, आदर्श माध्यमिक विद्यालय, विराटनगर मोरङ रहेका छन् ।

क्याम्पसतर्फ पुल्चोक क्याम्पस, ललितपुर, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल रूपन्देही, काठमाण्डौ मोडेल कलेज, बागबजार तथा समाज कल्याण शिक्षा पुरस्कारतर्फ एसओएस बालग्राम, मध्यपुर ठिमी, भक्तपुर र कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर सुर्खेत रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्