काङ्ग्रेस नेता कोइराला समूहको बैठक बस्दै, पहिलो पटक बोलाइयो शर्मा र पौडेललाई – Kanika Khabar
Sunday, May 5Nepali News Portal

काङ्ग्रेस नेता कोइराला समूहको बैठक बस्दै, पहिलो पटक बोलाइयो शर्मा र पौडेललाई

    मा प्रकाशित

काठमाडौँ, २ असोज ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक बस्दै छ । बैठक आज सोमबार कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजेका लागि डाकिएको छ ।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि बोलाइएको छ । कोइराला समूहको बैठकमा शर्मा र पौडेललाई पहिलो पटक बोलाइएको हो । पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री बन्नु भएको थियो भने पौडेल देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।

बिहीबारदेखि काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । केन्द्रीय कार्य समितिको बैठक बस्नु अगावै डाकिएको कोइराला समूहको बैठकलाई महत्वका साथ हेरिएको छ । केन्द्रीय कार्य समितिको बैठकमा कोइराला समूह कसरी प्रस्तुत हुने, कार्य समितिको बैठकमा प्रस्तुत हुने एजेन्डामाथि कोइराला समूहको मतैक्यताका बारेमा छलफल गर्न बैठक डाकिएको स्रोतले बताएको छ ।

बैठकमा केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्