प्रहरी चारित्रिक प्रमाणपत्रमा कसुर उल्लेख नहुने – Kanika Khabar
Sunday, May 5Nepali News Portal

प्रहरी चारित्रिक प्रमाणपत्रमा कसुर उल्लेख नहुने

    मा प्रकाशित

काठमाडौँ, २ असोज ।
सरकारले अबदेखि प्रहरी चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नगर्ने भएको छ । अबदेखि प्रहरी चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नगरिने भएको हो ।
गृह मन्त्रालयबाट राजपत्रमा प्रकाशित ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख नगरिने भएको हो ।

कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भइसकेको भए पनि अभियोग वा कसुर उल्लेख नगर िचारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ ।

यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भए पनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा धेरै नागरिकलाई मर्का परेको थियो ।

साथै अनलाइन आवेदन दिएको पाँच दिनभित्रै प्रमाणपत्र पाउने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्