चिसिदै भारत–क्यानडा सम्बन्ध : भारतले पनि निस्कासन गर्‍यो क्यानडाका कूटनीतिज्ञ – Kanika Khabar
Sunday, May 5Nepali News Portal

चिसिदै भारत–क्यानडा सम्बन्ध : भारतले पनि निस्कासन गर्‍यो क्यानडाका कूटनीतिज्ञ

    मा प्रकाशित

दाङ, २ असोज ।
भारत र क्यानडाको सम्बन्ध चिसिन थालेको छ । एक शिख नेताको हत्याको विषयलाई लिएर भारत र क्यानडात्रिचको सम्बन्धमा चिसो पन बाक्लिन थालेको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएर क्यानडाबाट भारतीय कूटनीतिज्ञलाई निस्कासन गरे लगत्तैभारतले पनि क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देशनिकाला गरेको छ ।

भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका छन् ।

‘भारतले क्याडडाका कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ’, विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तिमा भारतमा रहेका क्यानडाका कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनिएको छ ।

गत जुन महिनामा क्यानडाको ब्रिटिस कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या भएको थियो । यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्