भूकम्प प्रवावित क्षेत्र जाजरकोटमा प्रजनन स्वास्थ्य शिविर सुरू – Kanika Khabar
Thursday, May 9Nepali News Portal

भूकम्प प्रवावित क्षेत्र जाजरकोटमा प्रजनन स्वास्थ्य शिविर सुरू

    मा प्रकाशित

मंसिर ११ ,जाजरकोट
नेपाल परिवार नियोजन संघको आयोजनामा भूकम्प प्रवावित क्षेत्र जाजरकोटमा प्रजनन स्वास्थ्य शिविर सुरू भएकाे छ ।

संघकाे आयाेजना तथा आइ पि पि एफ SPRINT परियोजनाको सहयोग र भेरी नगरपालिका जाजरकोटको व्यवस्थापन सहयोगमा भूकम्प प्रवावित क्षेत्र जाजरकोटमा प्रजनन स्वास्थ्य शिविर सुरू भएकाे हाे ।

भेरी नगरपालिका वार्ड न ४ बोहोरामा १ दिने बृहत प्रजनन स्वास्थ्य शिविर आजबाट सुरू गरिएकाे छ । शिविर कार्यक्रममा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले भुकम्पले प्रभावितहरुको घाउमा मलहम लगाउनको लागि परिवार नियोजन संघले निभाएको भूमिकाप्रति आभार प्रकट गरेका थिए । नगर प्रमुख घर्तीले आजदेखि शुरु भएको शिविर पालिकाका अति प्रभावित वार्ड १, २ र ३ मा पनि सञ्चालन हुनेछ ।

नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक बसन्त खनाल विपतको समयमा प्रजनन स्वास्थ्य सेवाको महत्त्व र आवश्यक्ता बारेमा प्रकाश पारेका थिए ।

शिविरमा लैङ्गिक हिंसा, गर्भवती महिला, सुत्केरी महिला ,किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धि सेवा र परामर्श, याैन रोग तथा एच आइ भी एडस सम्बन्धि परामर्श तथा उपचार सेवा, परिवार नियोजन सेवा ,पाठेघर मुखको क्यान्सरको स्कृनिङ सेवा लागायत विभिन्न सेवाहरु शिविरबाट प्रदान गरिने कुरा जानकारी दिए ।

शिविर आजबाट सुरु भएर भुकम्पबाट अति प्रभावित क्षेत्र रु जाजरकोटको नलगाड नगरपालिका , बारेकोट गाउँपालिका र कुशे गाउँपालिक र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा सञ्चालन गरिन लागेको समेत शाखा प्रबन्धक खनालले जानकारी दिए ।

शिविरमा नेपाल परिवार नियोजन संघबाट स्त्री रोग बिशेषज्ञ डा. हेमा छन्त्यालको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्