यसपालिको तीजमा हाई मेरी पियारी (भिडियोसहित) – Kanika Khabar
Saturday, November 15Nepali News Portal

यसपालिको तीजमा हाई मेरी पियारी (भिडियोसहित)

    मा प्रकाशित

कनिका खबर
असार २८, दाङ ।


आउँदै गरेको हरितालिका तीजको अवसरमा तीज गीतहरु निर्माण भइरहेका छन् । गायिका सिर्जु अधिकारी र माण्डवी त्रिपाठीले हाई मेरी पियारी बोलको तीज कोसेली बजारमा ल्याएका छन् । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै चर्चित गायिकाहरु सिर्जु अधिकारी र माण्डवी त्रिपाठीले पनि आफ्नो तिजको गीत बजारमा ल्याएका हुन् ।
कोरोनाको समयलाई चित्रण गर्दै लोग्ने कोराना सङ्क्रमित भएका कारण माइत जान नपाएकी चेलीले दिदी बहिनीसँग फोन गर्दै विगतलाई सम्झेको भाव दृश्य गीतमा समेटिएको छ । गायिका सिर्जु अधिकारीले भनिन्, ‘ कोरोनाका कारण माइत जान नपाउने चेलीहरुका लागि समर्पित गीत लिएर आएका छौँ । समय अनुसार चल्न सक्नुपर्छ, यसपालि पहिलेको जस्तो समय अनुकुल नभएका कारण हामी जहाँ हुन्छौँ त्यही रमाऔँ, समय अनुकुल भएपछि यस्ता पर्वहरु फेरिफेरि आउँछन् त्यतिबेला मजाले रमाउन सकिन्छ, अहिले निराश नहोऔँ भन्ने सन्देश बोकेरा आएका छौँ ।’
करण न्यौपानेको शव्द तथा संगीतमा रहेको गीतमा एरेन्ज बिपिन आचार्यले गरेका छन् भने सो गीतको म्यूजिक भिडियोको निर्देशन अशोक बि.क. ले गरेका छन् ।

भिडियो कास्टमा सिर्जु अधिकारी, रक्षा श्रेष्ठ, भिम पौडेल लगाएतका कलाकारहरू रहेका छन् ।

गायिका सिर्जु अधिकारीको आधिकारीक युटुब च्यानालमा मार्फत गीत बजारमा आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्