राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेश : सापकोटा र सुवेदी निर्वाचित – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेश : सापकोटा र सुवेदी निर्वाचित

    मा प्रकाशित

दाङ, ११ माघ ।

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेकी बिष्णुदेवी सापकोटा बिजयी भएकी हुन । सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी भएका हुन ।

आज बिहीवार भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई हराउँदै गठबन्धनतर्फबाट उम्मेदवार बनेका सुवेदी र सापकोटा बिजयी भएका हुन । निर्वाचनमा सुवेदीले ५४३५ र सापकोटाले ५४३५ मतभार प्राप्त गर्दै बिजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवारी तुलसा केसीले २८६७ मतभार र झपेन्द्र घर्ती क्षेत्रीले ३०३९ मतभार प्राप्त गरेका थिए ।

त्यसैगरी महिला कोटामा राप्रपाबाट उम्मेदवार बन्नुभएकी विजयालक्ष्मी सिह २५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले २५०मतभार प्राप्त गरेका थिए । बिहीवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३ सय ५ मतमध्ये ३ सय ३ मत खसेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्