अल्फा तेक्वान्दो डोजाङ च्याम्पियन – Kanika Khabar
Saturday, May 4Nepali News Portal

अल्फा तेक्वान्दो डोजाङ च्याम्पियन

    मा प्रकाशित

घोराही, ८ फागुन ।

दाङको घोराहीमा भएको तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८० मा आयोजक अल्फा तेक्वान्दो डोजाङ घोराही च्याम्पियन भएको छ ।

जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा सहभागी १२ डोजाङलाई पछि पार्दै आयोजक अल्फा तेक्वान्दो डोजाङ प्रतियोगितामा ह्याट्रिक च्याम्पियन बन्न सफल भएको हो । च्याम्पियन बनेको अल्फाले ९ स्वर्ण, १० कास्य र ६ रजत पदकसहित २५ पदक जित्न सफल भएको छ । च्याम्पियन बनेको अल्फाले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । अल्फा यसअघि भएका पहिलो र दोश्रो जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो ।

घोराही उपमहानगरपालिका–१४ स्थित कवर्ड हलमा भएको प्रतियोगितामा मावि सेन्टर तुलसीपुरले ४ स्वर्ण, ४ रजत तथा १४ कास्य पदकसहित २२ पदकसहित दोश्रो भएको छ । दोश्रो बनेको तुलसीपुरले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगितामा ३ स्वर्ण, २ रजत तथा ४ कास्य पदकसहित ९ पदक जितेर तेश्रो भएको नारायणपुर डोजाङले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा अनुशासित टिम डिफेन्स डोजाङ घोराही भएको छ । अनुशासित टिम डिफेन्स डोजाङले नगद ५ हजारसहित प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा महिला खेलाडीतर्फ उत्कृष्ट खेलाडीका रुपमा नारायणपुर डोजाङकी अस्मिता केसी र पुरुष खेलाडीतर्फ शान्तिसुधा डोजाङका महेश वली उत्कृष्ट खेलाडी घोषित भएका थिए । दुवै जनालाई समान दुई हजार पाँच सय, शिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो ।

१८ फाईट र २ पुम्सेमा भएको प्रतिष्पर्धामा महिला र पुरुष खेलाडीहरुले २२ देखि ५८ केजीसम्म तौल समूहअन्तर्गत २२–२६ केजी, २६–३० केजी, ३०–३४ केजी, ३४–३८ केजी, ३८–४२ केजी, ४२–४६ केजी, ४६–५० केजी, ५०–५४ केजी र ५४–५८ केजी तौल समूहमा प्रतिष्पर्धा गरेका अल्फा तेक्वान्दो डोजाङ प्रमुख सुनिता विष्टले जानकारी दिएकी छिन । पुम्से पुरुष र महिलातर्फ एकल १७ बर्ष मुनि खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए ।

अल्फा तेक्वान्दो डोजाङका अध्यक्ष पदक केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका १४ का अध्यक्ष भानसिंङ बुढाको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता समापन समारोहमा वक्ताहरुले खेल स्वास्थ्यका लागि मात्रै नभई अनुशासन सिकाउने महत्वपूर्ण माध्यम पनि भएको बताएका थिए । कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुन, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारीलगायतको सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्