प्रदेश स्तरीय महिला फुटबल खेलाडी छनोट सुरु – Kanika Khabar
Sunday, May 5Nepali News Portal

प्रदेश स्तरीय महिला फुटबल खेलाडी छनोट सुरु

    मा प्रकाशित

लक्ष्मण बस्नेत
फागुन २६ दाङ

दाङमा लुम्बिनी प्रदेश स्तरीय महिला फुटबल खेलाडी छनोट कार्यक्रम सुरु भएको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला फुटबल संघको समन्वयमा संचालन भएको छ्नोट कार्यक्रम बाट लुम्बिनी प्रदेशको महिला फुटबल टिम छनोट गरिनेछ ।

प्रदेश बाट छनोट भएको टिमले बागमती प्रदेश खेलकुद परिषदको आयोजनामा अगामी चैत २५ गते देखि सुरु हुने अन्तर प्रदेश स्तरिय राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भाग लिने लुम्बिनी प्रदेश फुटबल प्रशिक्षक जनक केसीले जानकारी दिनुभएकोछ ।
दाङको बेल्झुण्डी रंगशाला र अरनिको मैदान तुलसीपुरमा भएको छनोट कार्यक्रममा दाङ,बाके,बर्दिया,रुपन्देही र कपिलवस्तु जिल्लाका २४ खेलाडीको सहभागिता रहेको छ ।
छनोट कार्यक्रममा दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धिताल,लुम्बिनी प्रदेश फुटबल संघका कोषाध्यक्ष केशव चौधरी,दाङ फुटबल प्रशिक्षक दुर्गा राजल लगायत रहनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्