ज्योतिपुञ्जका अभिभाकका लागि मोटिभेसन कार्यक्रम – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

ज्योतिपुञ्जका अभिभाकका लागि मोटिभेसन कार्यक्रम

    मा प्रकाशित

दाङ, चैत ३ । ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा आज शनिवार घोराहीमा अभिभावकहरुका लागि बृहत अभिभावक मोटिभेशन कार्यक्रम गरिएको छ । ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुञ्ज मोडेल इङलिस स्कूल रामपुरका अभिभाकहरुका लागि मोटिभेशन कार्यक्रम गरिएको हो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको बहुउद्धेश्यीय सभा हलमा भएको कार्यक्रममा प्रतिष्ठित मोटिभेटर राजु घलेले दुवै विद्यालयका अभिभावहरुलाई मोटिभेशन गराउनु भएको थियो । अन्तराष्ट्रिय रुपमा प्रतिष्ठित मोटिभेटर घलेले जीवनलाई सहज र सन्तुष्ट बनाउने बिधि, जीवनमा डरबाट मुक्त हुने तरिका, मान्छेमा आन्तरीक मनोवल बढाउने उपाय,साना साना कुराले पनि किन हाम्रो चित्त दुख्ने प्रबृतिको अन्त्य गर्ने बिधि, रीसलाई नियन्त्रण गर्ने उपाय, सफल व्यक्ति बन्ने आधारहरु, बालबालिकामा गलत खानपान र सँगत छुट्टाउने तरिका, बालबालिकाहरुलाई संस्कारीत बनाउन अभिभावहरुले खेल्नुपर्ने भूमिका, बालबालिकाहरुमा मोबाईल फोनको अधिक प्रयोगलाई नियन्त्रण गराउने उपाय लगायका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराहीका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष युवराज थपलियको अध्यक्षता एवं ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल राप्ति क्षेत्रका क्षेत्रीय प्रमुख राजयोगीनी बालब्रह्मचारीणी ब्रह्मकुमारी आदरणीय गिता दिदिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा ज्योतिपुञ्ज एजुकेशनल ग्रुपका अध्यक्ष हेमराज शर्माले ग्रुपद्धारा सञ्चालित दुई वटै विद्यालयका विद्यमान कार्यक्रम र भावी रणनितिका बारेमा अभिभावहरुलाई जानकारी गराउनु भएको थियो । नयाँ ब्यवस्थापनका साथ सञ्चालन भएयता दुवै विद्यालयहरुले शैक्षिक पात्रोको निर्माण गरी पूर्ण रुपमा कार्यान्वयन गरेको, एसइइ परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई यो बर्षदेखि ५१ हजार र ३ दशमलव ६५ वा सो भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरुलाई ११ हजार र ज्योतिपुञ्ज मोडेल स्कूल रामपुरबाट कक्षा ८ मा ३ दशमलव ६५ वा सो भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरुलाई ५ हजार १ सय रुपैया विद्यार्थीहरुलाई प्रोत्साहन वापत पुरस्कार दिने निर्णय भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
ज्योतिपुञ्ज मोडेल इङलिस स्कूल रामपुरका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गुरुप्रसाद खनालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण ज्योतिपुञ्ज एजुकेशन ग्रुपका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले गर्नु भएको थियो । अभिभावकको बोलिबचन र असल व्यवहारसँग छोराछोरीहरुको संस्कार जोडीन्छ र त्यही संस्कारले उनीहरुको भविष्य समेत निर्धारण गर्ने भएकाले अभिभावकहरुमा पनि सुधार गर्नुपर्ने धेरै पक्षहरुबारे जानकारी गराउन बिगतका बर्षदेखि नै अभिभावहरुलाई मोटिभेशन कार्यक्रम दिन थालिएको विद्यालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्