एसइईको तयारी पूरा, सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

एसइईको तयारी पूरा, सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क

    मा प्रकाशित

दाङ, ७ चैत ।
राष्ट्रिय परीक्षा बोर्डले एसइई २०८० को तयारी पूरा भएको जनाएको छ । यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको बोर्डले जनाएको हो ।

बोर्डले दिएको जानकारी अनुसार यस वर्षको एसइई परीक्षाका लागि देशभर २ हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यस वर्ष देशभरबाट भन्डै पाँच लाख जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् । परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र ७६ वटा जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बोर्डले जनाएको छ । काठमाडौँ जिल्लामा भने परीक्षाको अघिल्लो दिन मात्रै प्रश्नपत्र पठाउने बोर्डले बताएको छ ।

नयाँ लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आएकोले यस वर्षदेखि सबै विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने छ । ३५ प्रतिशत अङ्क नल्याएमा कक्षा ११ मा भर्ना हुन पाइने छैन । प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउनैपर्छ । ३५ प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।
यसैबिच, यसवर्ष पनि एसइईका लागि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जापानमा निर्धारण गरिएको परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले एसइई दिने बोर्डले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्