काङ्ग्रेसलाई छाड्दा राजतन्त्र कहिल्यै फर्कन नसक्ने भयो : सहमहामन्त्री राठोर – Kanika Khabar
Thursday, May 9Nepali News Portal

काङ्ग्रेसलाई छाड्दा राजतन्त्र कहिल्यै फर्कन नसक्ने भयो : सहमहामन्त्री राठोर

    मा प्रकाशित

भोला बुढाथोकी

दाङ, १८ चैत ।
नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोरले नेपाली काङ्ग्रेसको साथ छोड्दा कहिल्यै फर्कन नसक्ने अवस्थामा पुगेको बताएका छन् । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ (२) को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता राठोरले काङ्ग्रेसको साथ छाड्दा राजतन्त्र अन्त्य भएको बताएका हुन् ।
सम्मेलनको प्रमुख अतिथिसमेत रहेका नेता राठोरले जनतालाई रैतीबाट काङ्ग्रेसले नागरिक बनाएको बताए । जनताको विश्वास र भरोसाको पार्टी काङ्ग्रेस भएको बताउँदै नेता राठोरले काङ्ग्रेसले पार्टीको विरासत बचाउन लागिपर्नुपर्ने बताए ।

पछिल्लो चरणमा सस्तो लोकप्रियता जमाउँदै आएका पार्टी खहरे भेल भएको नेता राठोरले दावी गरे । ‘रास्वपाका अध्यक्ष रवि लामिछाने काण्डै काण्डको धरापमा बसेर भुक्ने मात्र हुन् । आफ्नो कमजोरी हुने चर्को आवाजमा कराउँछन्, समयसँगै आफै लोप भएर जान्छन् । काङ्ग्रेस महामन्त्री गगन थापाको सामु लामिछाने धुलो हुन् । राजनीतिक योगदान र हैसियतमा लामिछाने कतै भेटिदैनन् ।’ उनले थपे, ‘काङ्ग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पद्दतिअनुसार जित्नेले समट्ने र हार्नेले सहयोग गर्ने संस्कार काङ्ग्रेसभित्र छ । काङ्ग्रेस बैचारिक पार्टी हो कुनै वर्ग जाति, भूगोल विशेष पार्टी होइन ।’

सम्मेलनमा काङ्ग्रेस केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, केन्द्रीय सदस्य गेहेन्द्र गिरी, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति तथा विशिष्ट अतिथि अमरसिंह पुन, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल, जिल्ला सभापति शङ्कर प्रसाद डाँगी, संविधान सभा सदस्य अनिता देवकोटा, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता तथा लुम्बिनी प्रदेश सांसद प्रचण्ड बिक्रम न्यौपाने, काङ्ग्रेस दाङ जिल्ला पूर्व जिल्ला सभापति वीरकेशरी गौतम, लुम्बिनी प्रदेश सांसद लोका बिक, महासमिति सदस्य भूपबहादुर डाँगी, महासमिति सदस्य गोमा रावत, नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, प्रदेश २ (१) का सभापति प्रकाश श्रेष्ठ, नेपाली काङ्ग्रेस तुलसीपुर उपमहानगर सभापति सुरेश हमाल र घोराही उपमहानगर सभापति तिलक रावत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनमा सचिवद्वय प्रल्हाद देवकोटा र तिलक केसीले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष शंकर नेपालीले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रममा पार्टीमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अग्रज नेतृत्व भरतबहादुर न्यौपाने, हरि रजौरे, निलहरि रेग्मी, महेन्द्रकुमार दाहाल, सीता न्यौपाने, कलीराम डाँगी, चन्द्रप्रसाद चौधरी, खड्गवीर वली, चन्द्रबहादुर खड्का र ध्रुव आचार्यलाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा ऋषिराज आचार्य, महेश आचार्य, कमल वली, तिलकबहादुर डाँगी, लुमबहादुर बुढाथोकी, चन्द्रबहादुर पाण्डे, मोहनबहादुर डाँगी, चिन्ताबहादुर बुढाथोकी र ओब बहादुर डाँगीलाई मरोणापरन्त सम्मान गरिएको थियो ।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ (२० का सभापति अभियान बस्नेतको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो । उपसभापति ज्ञानबहादुर केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिवद्वय प्रल्हाद देवकोटा र तिलक केसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्