सुनसरीमा दुई समूहबिच झडप, दुई पालिकामा निषेधाज्ञा जारी – Kanika Khabar
Sunday, May 5Nepali News Portal

सुनसरीमा दुई समूहबिच झडप, दुई पालिकामा निषेधाज्ञा जारी

    मा प्रकाशित

सुनसरी, २३ चैत ।
सुनसरीमा दुई समूहबिच झडप भएको छ । जिल्लाको हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिंदा दुई समूहबिच झडप भएको हो ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको छ । साथै झडपलाई नियन्त्रण गर्न प्रहरीले ११ राउन्ड अश्रूग्यास पनि प्रहार गरेको छ ।

दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले आज मध्याह्न १२ बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका हुन्। हरिनगर गाउँपालिकाका सबै वडा र देवानगन्ज गाउँपालिकाका वडा नम्बर १ र ७ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

बिहीबार एसइईको परीक्षा हुँदै गर्दा हरिहर गाउँपालिका वडा नम्बर १ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीमाथि कुटपिट भएको थियो।

बिहीबारको झगडालाई लिएर दुर्इृ समूहबिच झडप भएको हो । झडपमा परेर चार जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।

sunsari-1712302366.jpg

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्