भारतको छत्तीसगढ काङ्केरमा सुरक्षाकर्मी र माओवादीबिच भीडन्त, २९ जना माओवादीको मृत्यु – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

भारतको छत्तीसगढ काङ्केरमा सुरक्षाकर्मी र माओवादीबिच भीडन्त, २९ जना माओवादीको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
भारतको माओवादी प्रभावित क्षेत्र छत्तीसगढको काङ्केरमा भएको भीडन्तमा प्रहरीले २९ माओवादी मारेको दाबी गरेको छ । सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त हुँदा कम्तिमा २९ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

सुदूरपूर्वी राज्य छत्तीसगढको राजधानी रायपुरको काङ्केरमा भिडन्त भएको हो । झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले जानकारी दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

भारतमा नक्सलवादी भनेर चिनिने र गरिबका लागि लड्दै आएको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा छापामार युद्ध गर्दै आएको छ । हिजो दिउँसो भएको पछिल्लो घटना पर्सि अप्रिल १९ तारिखमा लोकसभाका लागि मतदान हुन लागेका बेला भएको हो । विद्रोही माओवादीले चुनाव बहिष्कारको अपिल गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्