सम्राट सिमेन्ट उद्योगले विद्युत काटियो – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

सम्राट सिमेन्ट उद्योगले विद्युत काटियो

    मा प्रकाशित

घोराही, ५ वैशाख ।

देउखुरीमा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ । सम्राट सिमेन्ट उद्योगले करिब ६ करोड रुपैयाँ विद्युत महसुल नबुझाएपछि उद्योगमा जडान गरिएको बिजुली काटिएको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिनुभएको छ ।

नेपाल विद्युत प्राधिकरण लमही बितरण केन्द्रअन्तर्गत रहेको सम्राट सिमेन्ट उद्योगको मंगलबारदेखि बिजुली काटिएको हो । लमही वितरण केन्द्रका प्रमुख रावतका अनुसार नियमित बुझाउनुपर्ने ६ करोड बढी विद्युत महशुल उद्योगले गत माघ महिनादेखि बुझाएको छैन । नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख रावतले भन्नुभयो,‘उद्योगको ३६ करोड बढी विद्युत बक्यौता बुझाउन बाँकी रहेको छ । पुरानो बक्यौता विवादका कारण अदालतमा मुद्धा परेको र छानविनको काम भइरहेको छ । तर उद्योग माघ महिनादेखि नियमित विद्युत महसुल बुझान अनाकानी गरेपछि बिजुली काटिएको छ ।’

विद्युत काटिएपछि उद्योगका प्रतिनिधिहरु सम्पर्कमा आएको र विद्युत महसुल बुझाउने भनेपनि नबुझाएको कार्यालय प्रमुख रावतले बताउनुभयो । उद्योगले नियमिततर्फको विद्युत महसुल बुझाएपछि मात्रै बिजुली जोडिने बताउनुभएको छ । सिमेन्ट उद्योगले २०७३/०७४ सालको पनि विद्युत महसुल तिर्न बाँकी रहे पनि डेडिकेट र अनडेडिकेट विवादका कारण करिव ३६ करोड बढी विद्युत बक्यौता तिरेको छैन । यसअघि विद्युत महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले जिल्लामा रहेका घोराही समेन्ट उद्योग र सोनापुर मिनरल्स एन्ड वाईल प्रालिको बिजुली काटिदिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्