प्रतिष्ठानमा बिरामीको कलेजोमा जम्मा भएको पिपको सफल सल्यक्रिया – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

प्रतिष्ठानमा बिरामीको कलेजोमा जम्मा भएको पिपको सफल सल्यक्रिया

    मा प्रकाशित

दाङ,५ बैशाख ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिप निकालेर सफल सल्यक्रिया गरिएको छ । गढवा गाँउपालिका वडा नम्वर ४ गोवरडिहा निवासी ४८ वर्षिय एक जना पुरुषको कलेजोमा जमेको पिप निकालेर सफल सल्यक्रिया गरिएको हो ।

प्रतिष्ठानका रेडियोलोजिस्ट डा वम बिसी, रेडियोलोजिस्ट डा विपिन खनाल, सर्जन डा आत्मानन्द वर्मा, डा उत्सवसहितको चिकिसत्सक, नर्स र स्वास्थ्यकर्मीको टोलीले नचिरेर उच्च नयाँ प्रविधि प्रयोग गरी कलेजोमा जम्मा भएको पिप निकालेर सफल सल्यक्रिया गरेको प्रतिष्ठानका कामु अस्पताल निर्देशक डा रमेश कँडेलले जानकारी दिएका छन् ।

सल्यक्रियामा संलग्न चिकित्सक रेडियोलोजिस्ट डा वमले यसअघि चिरेर मात्रै यस्ता खाले सल्यक्रिया हुने गरेकोमा हाल रेडियोलोजी अन्तरगत इन्टर भेन्सनल रेडियोलोजी विधिवाट नचिरेर उपचारात्मक सेवा दिन सफल भएको बताए । विरामी पेट दुखेपछि प्रतिष्ठान उपचारको क्रममा भर्ना भएका थिए । अर्का रेडियोलोजिस्ट डा विपिनले भिडियो एक्सरेको सहायतामा विरामीको कलेजोमा पिप जमेको फेला परेपछि प्रतिष्ठानका दुवै जना रेडियोलोजिस्ट, सर्जनसहितको स्वास्थ्यकर्मी र नर्सको टोलीले नचिरेर सफल सल्यक्रिया जानकारी दिए ।

पहिले–पहिले कलेजो, किड्निमा जमेको पिप निकाल्न चिरेर नै सल्यक्रिया गरिन्थ्यो त्यो विधि अत्यन्तै जटिल पनि मानिन्थ्यो डा वमले भने तर अहिले नयाँ उच्च प्रविधि प्रयोग गर्दै अहिले रेडियोलोजि अन्तरगत इन्टर भेन्सनल रेडियोलोजी विधिवाट उपचारात्मक सेवा दिन सफल भएका छौ । अब चिर्नु पदैर्न जस्ले गर्दा बिरामीलाई पनि समस्या हुदैन । यो सजिलो विधिवाट अप्रेसन गर्दा विरामीलाई बेहोस पार्न नपर्ने, सामान्य छाला लठ्याएर उपचार गर्न सकिने, छिटोछरितयो उपचार हुने, अस्पताल बस्नु नपर्ने र घाउ पाक्ने समस्या पनि नरहने कामु निर्देशक डा कँडेलले बताएका छन् ।

विरामीको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा अहिले सामान्यदेखि जटिल खालका साना तथा ठुलो अप्रेसन भइरहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए । सुचना अधिकारी भट्टराइले कलेजो, किड्नीमा पिप जम्नुका साथै सुन्निएका गरेर हालसम्म ६ वटा सफल सल्यक्रिया यही विधिवाट गरिएको जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्