रोकिएको ट्रकमा माेटरसाइकल ठाेक्किदा एकजनाको मृत्यु – Kanika Khabar
Monday, May 6Nepali News Portal

रोकिएको ट्रकमा माेटरसाइकल ठाेक्किदा एकजनाको मृत्यु

    मा प्रकाशित

टेकबहादुर पुन

लमही, १२ वैशाख ।
दाङमा सडकमा राेकिएकाे ट्रकमा माेटरसाइकल ठाेक्किदा एकजनाको मृत्यु भएकाे छ । लमहीको बनघुस्री खुटीमा सडकमा रोकिएको ट्रक पछाडि मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको हाे ।

प्रदेश ३-०२००९ प ९८५८ नम्बरको मोटरसाईकल ना १ ख ९५७० नम्बरको रोकिएको ट्रक पछाडि ठोक्किदा लमही-७ खुटी निवासी मोटरसाइकल चालक ४२ वर्षीय महेन्द्र गिरीको मृत्यु भएको छ ।
मङ्गलबार बेलुका करिब ९ बजे दुर्घटनामा परी घाईते भएका गिरीको उपचारका लागि लमही अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
गाडी र चालक प्रहरीको नियन्त्रणमा छन् ।
स्थानीयका अनुसार सडकमै गाडी रोकिएर दुर्घटना भएको हो । बनघुस्री खुटीमा सधैजसो वरिपरि गाडी लस्कर रोकिएका हुन्छन । प्रहरीले केहीदिन अघिमात्र पिच सडकमा गाडी रोक्न नपाईने अभियान समेत चलाएको थियो । तर अभियानले सार्थकता नपाउदै गिरीको सोही कारण मृत्यु भएको छ ।

शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्