महोत्तरीमा आगलागी हुँदा १ सय ५० बढी घरगाेठ जलेर नष्ट – Kanika Khabar
Monday, May 6Nepali News Portal

महोत्तरीमा आगलागी हुँदा १ सय ५० बढी घरगाेठ जलेर नष्ट

    मा प्रकाशित

महाेत्तरी, १२ वैशाख ।
महोत्तरीमा आगलागी हुँदा १ सय ५० बढी घरगाेठ जलेर नष्ट भएका छन् ।
जिल्लाकाे मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगलागी हुँदा १ सय ५० वटाभन्दा बढी घरगोठ जलेका हुन् ।

आज बुधबार दिउँसो १२ बजेदेखि सुरु भएको आगलागीमा फुस, खर, पराल र केही पक्की गरी १ सय ५० वटाभन्दा बढी घरगोठ जलेका छन् ।

आगलागीमा अहिलेसम्म मानवीय क्षति भएको छैन तर पशुचौपाया, अन्नपात जलेर नष्ट भएका छन् ।

अहिले नगरपालिकासहित छिमेकी पालिकाका दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन् । दिउँसो खाना बनाउने समयमा जरलहवा गाछीमा आगलागी भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्