महोत्तरीको मटिहानीमा भएको आगलागीको प्रारम्भिक विवरण : १ सय २० घर जले – Kanika Khabar
Saturday, May 4Nepali News Portal

महोत्तरीको मटिहानीमा भएको आगलागीको प्रारम्भिक विवरण : १ सय २० घर जले

    मा प्रकाशित

महोत्तरी, १३ वैशाख ।
महोत्तरीमा भएको आगलागीबाट १ सय २० घर नजलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । जिल्लाको मटिहानी नगरपालिका – ६ जरलहवाहत्ता टोलमा हिजो बुधबार दिउँसो लागेको आगोले १ सय २० वटा घर जलेको प्रारम्भिक विवरण प्राप्त भएको हो ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलनको काम भैरहेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए ।

आगलागीले बस्ती नै सखाप भएपछि पीडितहरुले खेत र सडकमा रात बिताएका छन् । पीडितहरुलाई नगरपालिकाले त्रिपाल, चिउरा, दालमोठ र चिनीको जोहो गरेको गरिएको छ । मटिहानी उद्योग वाणिज्य सङ्घले पीडितलाई खाना र बस्नका लागि सहयोग गर्न टोली खटाएको छ । नेपाल रेडक्रस सोसाइटीले बाल्टिन र मगसहित राहत सामग्री पुर्‍याएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिको आज बस्ने बैठकले थप राहतको निर्णय गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्