गजल – Kanika Khabar
Sunday, April 27Nepali News Portal

गजल

    मा प्रकाशित

निन्द्रा बेचि रातैभरि सपना किन्ने पागल मै हुँ ।
पीडाहरुको चाँङ बाट खुशि बिन्ने पागल मै हुँ ।।

तिमी पर्यौ भीरफूल टिप्न सहज कहाँ थियो र ।
जानी जानी भीरको बाटोमा हिन्ने पागल मै हुँ ।।

भुलेर सारा दुनियाँ अचेल यो मानसपटल बाटै ।
हजारौंको भीडमा तिमीलाई चिन्ने पागल मै हुँ ।।

प्रतिस्पर्धा त कडै थियो तिम्रो प्रेमको मैदानमा ।
तिमीलाई पाउन हजारौँलाइ उछिन्ने पागल मै हुँ ।।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्