निरन्तरको वर्षाले बाजुराका किसानकोे गहुँवाली बारीमै कुहियो – Kanika Khabar
Saturday, April 27Nepali News Portal

निरन्तरको वर्षाले बाजुराका किसानकोे गहुँवाली बारीमै कुहियो

    मा प्रकाशित

कनिका खबर
साउन ११, बाजुरा
लगातारको अविरल वर्षाले बाजुरामा किसानले लगाएको गहु बाली बारीमै कुहिन थालेको छ । बाजुराको स्वामीकार्तिक खापर गााउपालिका र हिमाली गाउँपालिकाका किसानले लगाएको गहँु बाली बारीमै कुहिन थालेपछि किसान चिन्तित भएका छन् । गाउँपालिकाको उच्च हिमाली भेगका किसानले लगाएको गहु बाली वर्षातको समयमा भित्र्याउन नपाउदा बारीमै कुहिन र उम्रिन थालेको किसान कपुर शाहीले बताउनुभयो । गहुँ बाली भित्र्याने समयमा वर्षात हुदा वोट मै गहुँ उम्रिन, कुहिन र झर्न थालेको उहाँको भनाइ छ । स्वामीकार्तिक खापर गाँउपालिका वडा नम्बर तीनको खुन्का, डाँडिविसौना, जेबाल्या, लोथी, जोरु, फुक्लु, दुधेखाडा, निफेरा र वडा नम्बर एक साप्पाटाको काठ कोइराला लगायतका ठाँउमा पाकेको गहुँ बाली खेतमै कुहिन थालेको स्थानियले बताएका छन् । त्यस्तै हिमाली गाउँपालिका वडा नम्बर दुइको कोटीगाँउ, विच्छ्या, गुम्वा लगायतका ठाउँमा पाकेको गहुँवाली वर्षाका कारण खेतमा कुहिन थालेको छ ।

हिमाली गाउँपालीका वडा नम्बर दुइका किसानको गहुँ बर्षाका कारण भित्राउन नपाउदा खेतमै कु्हीएको हिमाली गाउँपालिका वडा दुइका अध्यक्ष धनजित बुढाले जानकारी दिनुभयो । हिमाली गाउँपालिका वडा न दुइमा दुइ सय नौ परिवार रहेका छन् । उनिहरुको गहुँ खेतमै कुहिन थालेपछी भोकमरी हुने समस्याले चिन्तीत भएको वडा अध्यक्ष बुढाको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्